
भैरहवा,२९ पुस। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रुपन्देही लिलाराम माध्यमिक विद्यालयले उचालेको छ ।
११ स्वर्ण, १२ रजत, १० कास्य पदक प्राप्त गरी लिलारामले प्रतियोगिताको उपाधि उचालेको हो । १० स्वर्ण, ७ रजत र ५ कास्य पदक प्राप्त गर्दै मुनलाइट आवासीय माध्यमिक विद्यालय द्वितीय र ४ स्वर्ण, ३ रजत र ६ कास्य पदकसहित काशी नोबल एकेडेमी तृतीय भएका छन् ।
Advertisement

Advertisement
Advertisement

प्रतियोगिता अन्तर्गत तेक्वान्दो, एथलेटिक्स, कबड्डी र भलिबल खेल भएका थिए । भलिबलतर्फ १९ विद्यालयका छा त्रहरुको १६ र छात्राहरुको १६ वटा टीमको सहभागीता थियो ।त्यस्तै, कबड्डीतर्फ १३ विद्यालयका छात्रहरुको ११ टीम र छात्राहरुको १० टीमको सहभागीता थियो । तेक्वान्दोतर्फ १५ विद्यालयका छात्रतर्फ १० र छात्रातर्फ १२ टीमको सहभागीता थियो ।
एथलेटिक्सतर्फ २० विद्यालयका छात्रहरु ३ सय ८० र छात्राहरु ३ सय ८० जनाको सहभागीता थियो । प्रतियोगिता अवधिभर ४२ वटा इभेन्टमा खेल भएका थिए । प्रतियोगितामा २७ विद्यालयका ६ सय ५० छात्र र ६ सय ३९ छात्रा गरी १ हजार २ सय ८९ जना विद्यार्थीहरुको सहभागीता रहेको शिक्षा अधिकृत जानह्वी पाण्डेले जानकारी दिइन् ।सबै इभेन्टतर्फ प्रथम, द्वितीय र तृतीयलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले धैर्यता र अनुशासन नै मानिसको सफलताको कडि भएको बताए ।
नगर उपप्रमुख उमा अधिकारीले प्रत्येक विद्यार्थीहरु अनुशासित हुनुपर्ने बताउँदै, राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्न शुभकामना व्यक्त गरिन् । प्रमुख प्रशासकीय अधिकृत जनक थापाले पछिल्लो समय राष्ट्रपति रनिङ शिल्ड स्थानीय सरकारको गौरवको रुपमा स्थापित भएको उल्लेख गरे ।

