
भैरहवा, ५ माघ । प्रेममा कसैले प्रेमिकाको सम्झनामा ताजमहल नै खडा गरिदन्छन् त कसैले दुशमन मुलुकमा गएर त्यहाँको जासुससँग नै विवाह गरी आफ्नो मुलुकमा नै नफर्किने तवरले ‘आफ्नै संसार’ रमाउँछन् । तर, केही यस्ता व्यक्ति पनि छन् जो प्रेम सम्बन्धलाई ‘टाईमपास’को रुपमा लिदै प्रेमको संसारलाई बदनाम गर्नमा उद्घत छन् ।
यस्तै काठमाडौंमा पनि प्रेम सम्बन्धमा चिसो पसेपछि प्रेमीले प्रेमिकालाई बदनाम गर्नका लागि फोटो एडिटको सहारा लिएका छन् ।
Advertisement

Advertisement
Advertisement

फेसबुकबाट चिनजान भएर साथी हुँदै प्रेम सम्बन्ध गाँसिएको दुवैजनाबीच अपराधले ढोका ढकढ्क्यापछि प्रेमिकाले साइबर ब्यूरोमा जाहेरी दिदाँ प्रहरीले काठमाडौं महानगरपालिका-१७ हाँडीगाउँका २७ वर्षीय प्रेमी अभिनाश प्रधानलाई पक्राउ गरेको छ ।
ब्यूरोका एसपी दिपकराज अवस्थीका अनुसार दुवैजनाबीच प्रेम सम्बन्ध बिग्रिए पश्चात प्रेमी प्रधानले प्रेमिकाको अनुहारमा नग्न महिलाको तस्विर जोडी (फोटो एडिट) प्रेमिकाको म्यासेन्जरमा पठाएर मानसिक यातना दिएका थिए ।
पीडित प्रेमिकाले जाहेरी दिएपछि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा प्रधानलाई पक्राउ गरी घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको साइबर ब्यूरोले जनाएको छ ।

