


मुम्बई, ६ माघ । बलिउड अभिनेता सैफअली खानमाथि आक्रमण गर्ने आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोहम्मद शरीफुल इस्लाम शहजाद मुम्बई प्रहरीले जनाएको छ । उनलाई ठाणेको हीरामण्डी श्रम शिविरबाट पक्राउ गरिएको हो ।
मुम्बई प्रहरीले आरोपित आक्रमणकारी बंगलादेशका नागरिक हुन सक्ने बताएको छ। उनीसँग भारतका आधिकारिक प्रमणपत्रहरु केही पनि फेला नपरेको जनाइएको छ।

बिहीबार बिहान चोरीको उद्देश्यका साथ सैफअली खानको बान्द्रास्थित घरमा प्रवेश गरेका उनले खानमाथी चक्कु प्रहार गरेर घाइते बनाएका थिए । उनको मेरुदण्ड र घाँटीमा गहिरो चोट लागेको थियो। खान हाल खतरामुक्त रहेको बताइएको छ ।
प्रहरीअनुसार आरोपीलाई अदालतमा पेश गरी प्रहरी हिरासतको माग गर्ने र त्यसपछि यस मुद्दाको अनुसन्धान अगाढी बढाइनेछ।

