


भैरहवा, ६ माघ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ताको प्रक्रियामा पुगेको छ ।
‘हामीले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचल सम्बन्धि कसुरमा मुद्दा दर्ताका लागि अदालतमा मिसिल पठाएका छौँ’, जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेलले क्लिक लुम्बिनीसँग भने,‘अहिले अदालतमा मिसिल रुजु गर्ने काम भइरहेको छ । दर्ता नै भइसकेको छैन् ।’

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध ठगी, केहीविरुद्ध संगठित ठगी र सम्पत्ति शुद्धिकरणमा मुद्दा दर्ता हुने प्रक्रियामा रहेको बुझिएको छ । यस अघि सोही प्रकरणमा २८ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर भइसकेको छ ।

