

काठमाडौं,१० कात्तिक। प्रहरीले ३४ ग्राम लागूऔषध खैरो हेरोइन र पाँच लाख ८० हजार रुपैयाँ नगदसहित चार जनालाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–९, तिलगंगास्थित एक गेस्ट हाउसमा छापा उनीहरुलाई लागूऔषध र नगदसहित पक्राउ गरेको हो ।
Advertisement

Advertisement
Advertisement
पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका २ का २० वर्षीय भरोष मुखिया, २६ वर्षीय धनिकलाल मुखिया, २६ वर्षीय पवन मुखिया र ३६ वर्षीय महमद सजाबुल शेष रहेको ब्यूरोले जनाएको छ।
ब्यूरोका अनुसार, बरामद नगदको स्रोत तथा लागूऔषध कारोबारसँग त्यसको सम्बन्धबारे थप अनुसन्धान भइरहेको छ।





