

भैरहवा,१० कात्तिक। भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटलले आगामी मंसिर १ गतेदेखि २४सै घण्टा मुटुरोगसम्बन्धी आकस्मिक तथा विशेषज्ञ उपचार सेवा सञ्चालन गर्ने भएको छ।
मुटुरोगका बिरामीलाई समयमै उपचार उपलब्ध गराउने उद्देश्यले अस्पतालले आधुनिक प्रविधिसहितका विभिन्न सेवा सञ्चालनमा ल्याउन लागेको हो।
Advertisement

Advertisement
Advertisement
अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलका अनुसार, बिरामीलाई समयमै उपचार उपलब्ध गराउने उद्देश्यले हृदयाघातको उपचार, आधुनिक क्याथल्याब, सघन उपचार कक्ष (सीसीयू) तथा विशेषज्ञ चिकित्सकबाट बहिरङ्ग सेवा सञ्चालन गर्न लागिएको हो।
यसबाट मुटुसम्बन्धी समस्या भएका बिरामीले आवश्यक परीक्षण, परामर्श र उपचारका लागि सहज रुपमा विशेषज्ञ सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।
अस्पतालमा एन्जियोग्राफीसहित ईसीजी, टीएमटी र होल्टरजस्ता परीक्षण सुविधा पनि उपलब्ध हुनेछन्। नयाँ सेवाबाट मुटुरोगको पहिचान, उपचार र गम्भीर अवस्थाका बिरामीको निगरानी सहज हुने अपेक्षा गरिएको अस्पतालले जनाएको छ।





