
भैरहवा, १० माघ । भारतबाट भन्सार छलेर भित्राइएको २७ लाख रुपैयाँ भन्दा बढी मूल्यको विभिन्न सामग्री प्रहरीले बरामद गरको छ ।
इलाका प्रहरी कार्यालय छपिया, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सियारी गाउँपालिका–७, बगैँचास्थितमा चेकजाँच गर्ने क्रममा २७ लाख ४२ हजार रुपैयाँ मूल्य बराबरको भन्सार छलिका सामग्री बरामद गरेको हो ।
Advertisement

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी तथा प्रबक्ता सुरज कार्कीका अनुसार तस्करी गरेर भित्रायएको बरामद साम्रगीमा आइफोनको चार्जर केवल ७ हजार ८ सय ५० पिस, इयरफोन ६ हजार २ सय पिस, बिभिन्न किसिमका मोबाइलका ग्लास ४ हजार ९ पिस र मखमलको कपडा ६ हजार ८० मिटर छन् ।
बरामद सामग्री आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहियामा बुझाइएको प्रहरीले जनाएको छ ।

