
भैरहवा, १२ माघ। नेपाल प्रहरीका २५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई पदस्थापन र केहीको काज सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले एसएसपीहरुको पदस्थापन गरिएको हो ।
एसएसपी रमेश थापालाई बागमती प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरेर आईजीपीको सचिवालयमा काज सरुवा गरिएको छ भने अजय केसीलाई साइबर ब्युरोमा लगेर राखिएको छ ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै एसएसपी अनुपमशम्शेर जबरालाई मानव श्रोत विकाश विभाग, नवराज अधिकारीलाई उपत्यका प्रहरी कार्यालय र कृष्ण कोइरालालाई प्रधान कार्यालय स्थित सुपरिवेक्षण तथा अनुगमन महाशाखामा पदस्थापन गरिएको छ ।
होविन्द्र बोगटीलाई सीआईबी, विनोद सिलवाललाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र रन्जु सिग्देललाई महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा पदस्थापन गरिएको छ ।
सन्तोष खड्कालाई गण्डकी प्रदेशमा पदस्थापन गरेर विशेष ब्युरोमा काज सरुवा गरिएको छ । सन्तोषसिंह राठौरलाई प्रदेश समन्वय विभाग र सञ्जय सिंह थापालाई बागमती प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ ।






