
भैरहवा, १२ माघ ।सशस्त्र प्रहरी बल नेपालका ९० जना प्रहरी उपरिक्षक (एसपी) हरुको सरुवा भएको छ। सशस्त्र प्रहरी नियमावलीको नियम ३५ को उपनियम (१) को खण्ड (ग) बमोजिम सशस्त्र प्रहरी महानिरीक्षकको निर्णयअनुसार एसपीहरुको सरुवा भएको हो ।
सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसपी मेखराज जोशीलाई सशस्त्र प्रहरी बल नं.२७ गण हे.क्वा. रुपन्देहीमा सरुवा गरिएको छ भने नं.२७ गणका एसपी आनन्द थापा (मगर) लाई महानिरीक्षकको सचिवालयमा लगेर राखिएको छ ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै पश्चिम नवपरासी (नं.२७ गण) का प्रकाश वाग्लेलाई सशस्त्रको नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीमा लगेर थन्क्याईएको छ भने सशस्त्रको राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय तालिम टिकापुरमा कार्यरत नेत्र केसीलाई कपिलवस्तु (नं.२८ गण) को जिम्मेवारी दिईएको छ ।
हेर्नुहोस् सरुवा सूची:













