
भैरहवा, १२ माघ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालले शुक्रवार प्रहरी अधिकृतहरुको सरुवा,बढुवा र पदस्थापन गरेको छ ।
नेपाल प्रहरीले शुक्रवार मध्यरातमा १७ एसपी र १८ एसएसपीको सरुवा, २५ एसएसपीको पदस्थापन गरेको छ भने ३७ डीएसपीको एसपीमा बढुवा सिफारिस गरेको छ । यस्तै सशस्त्र प्रहरी बल नेपालले पनि ९० जना एसपीहरुको सरुवा गरेको छ ।
Advertisement

Advertisement
Advertisement

मध्यरातमा निकालिएको सूचीले कोही अधिकृत हर्षित त कोही दु:खी भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंमा एसएसपी विश्व अधिकारी र रमेश कुमार बस्नेतबीचको प्रतिस्पर्धाले एसएसपी पदस्थापन समेत ढिलाई भएको अवस्थामा शुक्रवार मध्यरातमा अधिकारीलाई परिसर प्रमुख बनाईएको छ ।
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत बस्नेत परिसर जानका लागि निकै जोडबल गरेपनि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी दिएर थामथुम पारिएको छ।
उपत्यका अपराध अनुसन्धानका एसपी सानुराम भट्टराईले आफ्नो सरुवा रोकाउनका लागि दौडधुप गरेको चर्चाकाबीच उनलाई त्यहाँबाट प्रहरी प्रधान कार्यालय अन्तराष्ट्रिय प्रहरी समन्वय महाशाखामा लगेर राखिएको छ ।
त्यस्तै डीएसपीबाट एसपी बढुवामा ३७ जनाको नाम सिफारिस हुँदा ०६१ टोलीका सिनियर डीएसपीहरु महेन्द्र नेपाल, विरेन्द्र थापा, रविन कार्की, अनिल कुमार खड्का लगायत छुट्दा उनीहरु दु:खीद भएका छन् ।
एसपी सरुवामा आकर्षक पर्सा जिल्लाका लागि एसपी राजन लिम्बू, सन्तोष तामाङ, अंगुर जिसीको नाम चर्चामा रहेपनि पर्सामा एसपी गौतम मिश्रले सरुवा सूचीमा नाम पारेर बाजी मारेका छन् । एसपी लिम्बू र तामाङ डीएसपी हुदाँ केपी ओलीको पीएसओ बसिसकेका अधिकृत हुन् ।
यस अघि मोरङ जान तम्तयारी गर्दैगर्दा रोकिएका लिम्बू आकर्षक पर्सा, रुपन्देही वा बारा जान राजनीतिक शक्तिकेन्द्र धाइरहेको अवस्थामा सो बराबरकै चितवन जिल्ला पाएका छन् । यस्तै तामाङलाई बारा पठाएर खुशी पारिएको छ । आकर्षक जिल्ला मानिने पर्सा र बारा जानका लागि धेरै आकांक्षी थिए । तर, यी दुई जिल्लाका लागि प्रतिस्पर्धीबीच लिम्बू र तामाङले सरुवा सूचीमा नाम समावेश गराउन सफल भएका छन् ।
रुपन्देहीका एसपी रंजितसिंह राठौरको एक वर्ष अवधि पुग्न लागेको अवस्थामा चितवन पुगेका लिम्बू र बारा पाएका तामाङले पनि रुपन्देहीका लागि दावी गर्दै आएका थिए । रुपन्देही दावी गर्दै आएका यी दुई एसपी चितवन र बारामा ‘सेटलमेन्ट’ भएसँगै रुपन्देहीका लागि दुई आकंक्षी घटेका छन् । प्रबन्धमा बसेर आईजीपीसँग निकट भएका एसपी गोविन्द पुरी रुपन्देहीमा आउनका लागि जोडबल गरिररहेको बुझिएको छ ।
त्यस्तै सशस्त्र प्रहरीको नं. २७ गण रुपन्देहीमा आउनका लागि आकंक्षी धेरै भएपनि सरुवाको करिब एक महिना अघि तयार भएको सर्टलिस्टबाट आईजीपी राजु अर्यालले आफ्नो सचिवालयबाट एसपी मेखराज जोशीलाई रुपन्देहीको कमाण्ड दिएका छन् ।

