
भैरहवा, १४ माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले अगामी माघ २३ गतेदेखी पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी (हृयुमन प्यापुलोना भाइरस) खोप लगाउने भएको छ।
संघीय सरकारले अभियानका रुपमा संचालन गरेको खोप कार्यक्रमलाई सिद्धार्थनगरमा माघ २३ देखि २९ गतेसम्म सचांलन गर्न लागेको हो। अभियान अन्तरगत पालिकाभित्रका चार हजार दुई सय किशोरीहरुलाई खोप लगाउन लक्ष्य लिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वरी न्यौपानेले जानकारी दिए। खोपको लागी ४२ बटा बिद्यालयमा खोप केन्द्र तोकिएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

विद्यालय बाहिर रहेका किशोरीहरुलाई खोप केन्द्रमा सहभागी बनाउने तयारी गरिएको उनले जनाए। खोप सचांलनका लागि सिद्धार्थनगर नगरपलिकाका प्रमुख इश्तियाक अहमद खाँको अध्यक्षतामा सोमबार बसेको पालिकास्तरीय खोप समन्वय समितिकोे बैठकले लक्षित समूहका सबै किशोरीहरुसम्म पुग्ने गरी खोप सचांलन गर्ने निर्णय गरेको छ । एचपीभी खोपलाई प्रभावकारी बनाउन बिद्यालय, स्वास्थ्य स्वयंसेविका तथा सरोकारवाला पक्षसँग छलफल तथा अभिमुखिकरण कार्यक्रम पनि राखिएको छ।
नेपालमा महिलामा सबैभन्दा बढीमा देखिने स्वास्थ्य सम्बन्धी समस्यामध्ये एक पाठेघरको मुखको क्यान्सर हो । यो समस्यालाई निराकरण गर्न लक्षित समूह नछुट्ने गरी खोप केन्द्र तोकिएको र सोही अनुसार तयारी गरिएको नगर प्रमुख खाँले जानकारी दिए ।
यो खोप ९ देखि १४ वर्ष उमेर समूहका बालिकाहरुलाई लक्षित गरिएको छ । यसरी निश्चित उमेर तोकिनुको कारण यौन क्रियाकलापमा सहभागी हुनुभन्दा अघि नै यो खोप दिनुपर्ने भएकाले उमेर समूह तोकिएको हो। किनभने यो भाइरस यौन क्रियाकलापबाट सर्दछ। तर, यौन क्रियाकलाप नगरेको अवस्थामा २६ वर्ष उमेर सम्मका युवतीलाई खोप लगाउन सकिन्छ ।

