
भैरहवा, १७ माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ पक्लिहवास्थित श्री पक्लिहवा माध्यमिक विद्यालयमा तीन कोठाको भवन निर्माण गरिएको छ । जसको बधुवार एक कार्यक्रमकाबीच सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले उद्घाटन गरे ।
आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खाँले शिक्षाको विकास बिना कुनै पनि क्षेत्रको विकास सम्भव नरहेकोले पालिका शिक्षाको विकासमा सदैव सकारात्मक रहेको बताए । उनले विद्यालयको शैक्षिक मात्र नभइ पूर्वाधारको विकासमा पनि आफ्नो सहयोग रहने बताए ।
Advertisement

Advertisement
Advertisement

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङ्गले विद्यालयको भौतिक पूर्वाधारले मात्र विद्यालयको समग्र मापन नहुने भन्दै शैक्षिक गुणस्तर, परीक्षाको नतिजामा सुधार, विद्यार्थीको संख्यामा वृद्धि र अभिभावकहरुको विश्वासलाई जित्ने गरी विद्यालयले आफ्नो क्रियाकलाप केन्द्रीत गर्नुपर्ने बताए ।

पक्लिहवा मा.वि.व्यवस्थापन समितिका अध्यक्ष युवा समाजसेवी सुशील गुरुङ्गको सभापतित्व तथा नगरप्रमुख इश्तियाक अहमद खाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्ज्वल पोखरेल, भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष तथा बहिरा बाल विद्यालयका प्रधानाध्यापक भिम बहादुर थापा, शिक्षाप्रेमी तथा समाजसेवी सुरेन्द्रजंग थापाले शिक्षा क्षेत्रमा रहेका अवसर र चुनौती, विद्यालयको सबल र कमजोर पक्षका बारेमा प्रकाश पारेका थिए ।
विद्यालयका प्रधानाध्यापक बसन्त कुमार बस्नेतको स्वागत तथा शिक्षक देवीप्रसाद न्यौपानेकोे सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा जनप्रतिनिधि हरिमाया गुरुङ्ग, मिन बहादुर गुरुङ्ग, अनिल कुमार केसी, बेलहिया मा.वि. व्यवस्थापन समितिका अध्यक्ष देवराज न्यौपाने, समाजसेवी लेखनाथ भट्टराई, याम बहादुर थापा, पूर्ववडाअध्यक्ष रमेश मल्ल, विजयनाथ धवल, नगरपालिकाको शिक्षा शाखाका कृष्ण पोखरेल, श्याम खनाल, रामबहादुर गुरुङ्ग, हरिराज विष्ट, केदारनाथ कुर्मी, योगेन्द्रनाथ पाण्डे, राकेश गुरुङ्ग तेजेन्द्र गुरुङ्ग, लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीका महासचिव प्रितम रौनियार लगायतको उपस्थिति रहेको थियो ।
सिद्धार्थनगर नगरपालिकाको साढे ५४ लाख बढी लगानी तथा सहयोगमा प्रितम विल्डर्सले भवन निर्माण गरेको हो ।


