


भैरहवा, १७ माघ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले कांग्रेस असफल भए देश र संविधान नै असफल हुने दावी गरेका छन् ।
नेपाली कांग्रेस रुपन्देहीले एक सय दिने बिशेष राष्ट्रिय अभियान समापन तथा प्रतिनिधी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस पार्टीको बिकल्पमा अरु पार्टी नभएको बताउँदै पार्टीको बारेमा देशब्यापी रुपमा भएको टिकाटिप्पणीलाई उत्साहमा बदल्दै लैजानुपर्ने बताए।

उनले नेपाली कांग्रेस जिवन्त,गतिशील र जनताको भरोसाको पार्टी भएकोले टिकाटिप्पणी आउनु स्वभाविक भएको बताए। भविष्य र जीवन्त नभएकाको बारेमा टिका टिपप्णी नहुने उनको जिकिर थियो ।
पूर्वगृहमन्त्री समेत खाणले लुम्बिनी देखि मुक्तिनाथ सम्मको यात्रालाई सहज गराउने कामका लागी राज्य गम्भिर हुन आवश्यक रहेको बताए। उनले यसको लागि सुरक्षित बाटो निमार्णका लागि आफुहरुले लुम्बिनी र गण्डकी सरकारलाई पटक पटक आग्रह गर्दै आएको समेत जानकारी दिए ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सुदुर पश्चिम प्रदेश योजना आयोगका उपाध्यक्ष एवम रुपन्देहीका लागी केन्द्रिय प्रतिनिधी डा. जिवन रानाले बोल्दै महिला संघको क्रियाशिल सदस्यता बितरण गर्न आग्रह गरिन् । महिलाहरुलाई पार्टीमा निरन्तरता र धैर्यता दिन जोड दिदैँ धैर्यता र निरन्तरता दिन नसक्नेले राजनिती गर्नै नसक्ने उनको भनाई छ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समिती रुपन्देहीको सहसचिव बासुदेव रिमालको स्वागत मन्तब्य रहेको कार्यक्रममा नेपाली कांग्रेस तिलोत्तमा वडा नम्बर ३ का सभापति केशरी पाण्डे, दामोदर पौडेल, नेपाली कांग्रेस प्रतिनिधी सभा क्षेत्र नम्बर १ प्रदेश सभा २ का सभापति मदन प्रसाद पोखरेल, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति प्रजापाल गिरी,नेपाली कांग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकाल, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वसार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाह, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व नेबि संघका अध्यक्ष नयन सिंह महर लगायतले अआफ्नो भनाई राखेका थिए।
नेपाली कांग्रेसले रुपन्देहीको १ सय ५५ वटा वडामा जिल्लाबाट प्रतिनिधीहरु खटाएको थियो । जसमा उत्कृष्ट काम गर्ने १० जना प्रतिनिधीहरुलाई सम्मान गरेको छ। जसमा नेपाली कांग्रेस तिलोत्तमा वडा नम्बर ३ का सभापति केशरी पाण्डे, नेपाली कांग्रेस सिद्धार्थनगर सभापति कोसिस बहादुर खडकालाई सम्मान गरिएको थियो भने अग्रज नेता तर्फ कांग्रेस रुपन्देहीका पूर्वसभापति रामचन्द्र ढकाल, शैलेन्द्र कुमार अधिकारीलाई सम्मान गरिएको थियो ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणको सभापतित्व तथा पूर्वगृहमन्त्री खाणको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अभियानमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै शुष्मा हमाल,नरेश कुमार श्रेष्ठ,प्रेम नारायण कुर्मी, राजकुमार वाग्ले,लेखनाथ भटटराई,जन्नतुन निशा, तिलकराम ज्ञवाली,ओम कुमार श्रेष्ठ लगायतलाई सम्मान गरिएको पार्टीले जनाएको छ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गंगा शाही, महाधिवेशन प्रतिनिधी तथा संविधान सभा सदस्य जन्नतुन निशा धुनिया, नेपाली कांग्रेस रुपन्देहीका पूर्व सभापति शैलेन्द्र कुमार अधिकारी,रामचन्द्र ढकाल,नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व नेबि संघका अध्यक्ष नयन सिंह महर, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सार्वजनिक लेखा समितीका सभापति भरत कुमार शाह, लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकाल, देवी प्रसाद चौधरी, रुपन्देही-३ का क्षेत्रिय सभापति सुशिल गुरुंग, प्रजापाल गिरी, हिरा बहादुर खत्री, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, कंचन गाउपालिकाका अध्यक्ष नवराज ढकाल, सम्मरीमाइ गाउपालिकाका अध्यक्ष बिनोद कुमार श्रीवास्तव, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य साबित्रा टण्डन, जिल्ला समन्वय समिती रुपन्देहीका प्रमुख उमाकान्त चपाइ लगायतको सहभागिता रहेको थियो ।

