Close Menu
    What's Hot

    लुम्बिनीमा आँखा स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै उपचारको पहुँच विस्तार गरिने

    २०८३ कार्तिक १८, मंगलवार १३:०७ गते

    सीमा सुरक्षा र अपराध नियन्त्रणमा सहकार्य बढाउने सहमती

    २०८३ कार्तिक १८, मंगलवार १२:४७ गते

    कोटहीमाईमा महिला हत्या प्रकरणमा एउटै वडाका चार जना पक्राउ

    २०८३ कार्तिक १८, मंगलवार ११:५९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    फोकस लुम्बिनी

    लुम्बिनीमा आँखा स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै उपचारको पहुँच विस्तार गरिने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १८, मंगलवार १३:०७ गते0
    विशेष

    सीमा सुरक्षा र अपराध नियन्त्रणमा सहकार्य बढाउने सहमती

    क्लिक लुम्बिनी२०८३ कार्तिक १८, मंगलवार १२:४७ गते0
    विशेष

    कोटहीमाईमा महिला हत्या प्रकरणमा एउटै वडाका चार जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १८, मंगलवार ११:५९ गते0
    प्रमुख समाचार

    जंगलमा १४ नाल भरुवा बन्दुक भेटियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक १८, मंगलवार ११:३४ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रूपन्देही सुपरलिग : तिलोत्तमाको सहज जित
    खेलकुद

    रूपन्देही सुपरलिग : तिलोत्तमाको सहज जित

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ माघ १८, शुक्रबार १७:२३ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १८ माघ। भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा तिलोत्तमा क्रिकेट एकेडेमीले जित हात पारेको छ। प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजन शुक्रबार भएको खेलमा न्यु होराइजन किक्रेट क्लबलाई १ सय ११ रनको फराकिलो अन्तरले पराजित गर्दै तिलोत्तमाले जित हात पारेको हो ।

    सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको तिलोत्तमाले निर्धारित ५० ओभरमा ४० ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर १ सय ७८ रन बनायो । उसका लागि सन्दीप यादवले ५५ रनको महत्वपूर्ण अर्धशतकीय पारी खेले ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    यस्तै, कृष्ण भुसालले २२, मनिष थापाले १७, कृष्ण कार्कीले १५ र अमन बोहराले १० रन बनाए । बलिङमा न्यु होराइजनका प्रिन्स पालले ३, महेश भरले २ तथा सहिन खान, विप्रसन केसी, सिद्धार्थ ढकाल र प्रदीप साहनीले समान १–१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको न्यु होराइजन २३ ओभर ५ बलमा सबै विकेट गुमाएर ६७ रनमै समेटियो र फराकिलो अन्तरले लज्जास्पद हार व्यहोर्यो । उसलाई सस्तैमा रोक्न तिलोत्तमाका कृष्ण कार्कीले ८ ओभर ५ बलमा ३ मेर्डनसहित १४ रन खर्चेर ६ विकेट लिए ।

    यस्तै, विपिन खत्री, आशुतोष पाण्डे र सागर भण्डारीले समान १–१ विकेट लिए । विप्रसन केसीले ३० र प्रदीप साहनीले १० रन बनाए पनि न्यु होराइजनका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । कृष्ण कार्की प्लेयर अफ द म्याच भइ एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहप्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    क्रिकेट
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    जंगलमा १४ नाल भरुवा बन्दुक भेटियो

    २०८३ कार्तिक १८, मंगलवार ११:३४ गते

    चाडपर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न सिद्धार्थनगरको आग्रह

    २०८३ कार्तिक १७, सोमबार १४:०७ गते

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.