

काठमाडौं,१३ कात्तिक। अवैध रुपमा दुई अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
Advertisement

Advertisement
Advertisement
प्रहरीका अनुसार, यादवले विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एपमार्फत कानुनविपरीत क्रिप्टोकरेन्सी (यूएसडीटी) को ठूलो परिमाणमा कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
विशेष सूचनाका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले यादवको बाइनान्स खातामार्फत दुई अर्ब १६ करोड एक लाख २० हजार आठ सय २१ रुपैयाँ बराबरको कारोबार भएको फेला पारेको जनाएको छ।
पक्राउ परेका यादवमाथि प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालत, बबरमहलबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।





