

भैरहवा, १३ कात्तिक। सशस्त्र प्रहरी बल, नेपालले लामो समयदेखि बिदा तथा अनुमति बिना कार्यस्थलमा अनुपस्थित रहेका सात जना कर्मचारीलाई सात दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।
सशस्त्र प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागअन्तर्गत कर्मचारी प्रशासन शाखाले शुक्रबार सूचना जारी गर्दै सम्बन्धित कर्मचारीलाई बाटोको म्यादबाहेक सात दिनभित्र आ-आफ्नो कार्यालयमा हाजिर हुन भनेको हो।
Advertisement

Advertisement
Advertisement
कार्यालयले गैरहाजिर रहनुको उचित कारणसहित सम्बन्धित कार्यालयमा उपस्थित भई लिखित स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिएको छ।
तोकिएको अवधिभित्र कार्यालयमा उपस्थित नभए सशस्त्र प्रहरी नियमावली, २०७२ (संशोधनसहित) अनुसार विभागीय कारबाही हुने सूचनामा उल्लेख छ।






