

सिरहा,१२ कात्तिक। सिरहामा प्रहरीले हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। उनीहरुको साथबाट ३१२ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रण ब्यूरोका सहप्रवक्ता एंव डीएसपी जिवन निरौलाका अनुसार, सिरहा नगरपालिका–१३ स्थित मल्हनियाबाट भारतका ४४ वर्षीय लाल बाबु सिंह र २६ वर्षीय धमेन्द्र दास पक्राउ परेका हुन्।
Advertisement

Advertisement
Advertisement
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले भारतबाट मोटरसाइकलमा खैरो हेरोइन लिएर नेपालतर्फ आउँदै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो।
उनीहरुलाई रोक्न खोज्दा भागेपछि चेतावनी स्वरुपमा एक राउण्ड हवाई फायर गरेर नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





