

भैरहवा,१२ कात्तिक। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ स्थित बसपार्क क्षेत्रबाट भन्सार छलेर भित्राइएको आइफोन लगायत विभिन्न सामग्री बरामद गरिएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट खटिएको प्रहरी टोलीले बसपार्क क्षेत्रमा ग २ ख २१५१ नम्बरको बसमा चेकजाँच गर्ने क्रममा भन्सार छलेर भित्राइएको सामग्री बरामद भएको हो ।
Advertisement

Advertisement
Advertisement
कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार, बसबाट ५ थान आईफोन, कम्प्रेसर मेसिन, दूध पाउडर, सर्फलगायत ७ लाख १० लाख बढीमूल्य बराबरको सामग्री बरामद भएको हो।
बरामद सामग्री आवश्यक कारबाहीका लागि अस्थायी प्रहरी पोष्ट बसपार्क, रुपन्देहीमा बुझाइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।





