

भैरहवा, १२ कात्तिक। बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातका कारण सम्भावित भारी वर्षा तथा विपद्को जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानसम्बन्धी सूचनाअनुसार चक्रवात ‘अर्नब’ थप शक्तिशाली बन्दै गएकाले आगामी कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा हुन सक्ने सम्भावना रहेको छ।
Advertisement

Advertisement
Advertisement
जिल्ला प्रशासन कार्यालयले कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन आग्रह गर्दै अनावश्यक यात्रा नगर्न र जोखिमयुक्त स्थानमा नबस्न अनुरोध गरेको छ।
त्यस्तै, स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई सर्वसाधारणलाई सम्भावित जोखिमबारे सचेत गराउन र विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरिएको छ।
विपद्को जोखिममा रहेका व्यक्तिलाई सुरक्षित स्थानमा सार्न तथा एम्बुलेन्स, दमकल, डोजर, स्वास्थ्यकर्मी र औषधिजन्य सामग्री तयारी अवस्थामा राख्न पनि प्रशासनले अनुरोध गरेको छ।
प्रशासनले मौसमसम्बन्धी आधिकारिक पूर्वानुमान तथा चेतावनीको पालना गर्न र सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन जिल्लावासीलाई आग्रह गरेको छ। मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा मद्दत माग्न १२३४ तथा १०० र १११४ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।
हेर्नुहोस पत्र :






