Close Menu
    What's Hot

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    २०८३ कार्तिक १३, बिहीबार १२:५१ गते

    नागढुंगा–नौबिसे सुरुङमार्ग प्रयोग गर्दा शुल्क तिर्नुपर्ने, कुन सवारीलाई कति ?

    २०८३ कार्तिक १३, बिहीबार १२:०३ गते

    अमेरिकाबाट कुरियरमार्फत गाँजा तस्करी: दुई भारतीय पक्राउ

    २०८३ कार्तिक १२, बुधबार १३:१५ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १२:५१ गते0
    विशेष

    नागढुंगा–नौबिसे सुरुङमार्ग प्रयोग गर्दा शुल्क तिर्नुपर्ने, कुन सवारीलाई कति ?

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १२:०३ गते0
    मेन स्टोरी

    सांसदकै कोठामा चोरी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १२, बुधबार १३:४० गते0
    विशेष

    ६८ किलोबढी चाँदीसहित भारतीय नागरिक पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १२, बुधबार १३:२५ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » नागढुंगा–नौबिसे सुरुङमार्ग प्रयोग गर्दा शुल्क तिर्नुपर्ने, कुन सवारीलाई कति ?
    विशेष

    नागढुंगा–नौबिसे सुरुङमार्ग प्रयोग गर्दा शुल्क तिर्नुपर्ने, कुन सवारीलाई कति ?

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १२:०३ गते
    फाइल फोटो।
    advertisement
    advertisement
    advertisement

    काठमाडौं,१२ कात्तिक। नागढुङ्गा–नौबिसे सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने भएको छ। नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले बिहीबार सूचना जारी गर्दै सडक बोर्ड नेपालको कार्यकारी समितिको गत असोज १२ गतेको निर्णयअनुसार शुल्क संकलन सुरु गर्न लागिएको जनाएको हो।

    सरकारले गत चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी सुरुङमार्ग प्रयोग गर्ने विभिन्न प्रकारका सवारीसाधनका लागि शुल्क निर्धारण गरेको थियो। सवारीसाधनको वर्ग र काठमाडौं प्रवेश गर्ने वा बाहिरिने दिशाका आधारमा फरक–फरक दस्तुर निर्धारण गरेको छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    निर्धारित दरअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनका लागि काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

    त्यसैगरी, मिनीबस तथा मिनी टिपर/ट्रकका लागि काठमाडौं प्रवेश गर्दा १२५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। बस तथा सिंगल रियर एक्सल भएका ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ दस्तुर तोकिएको छ।

    मल्टिएक्सल ट्रक तथा भारी उपकरणका हकमा काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौं बाहिरिँदा २५० रुपैयाँ टोल शुल्क लाग्नेछ।

    नागढुङ्गा–नौबिसे सुरुङमार्ग गत साउन ११ गते उद्घाटन गरिएको थियो। टोल शुल्क लागू भएपछि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको दरअनुसार शुल्क बुझाउनुपर्नेछ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    नागढुंगा–नौबिसे सुरुङमार्ग सुरुङमार्ग
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    २०८३ कार्तिक १३, बिहीबार १२:५१ गते

    ६८ किलोबढी चाँदीसहित भारतीय नागरिक पक्राउ

    २०८३ कार्तिक १२, बुधबार १३:२५ गते

    कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    २०८३ कार्तिक १२, बुधबार १३:०७ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.