

भैरहवा,१२ कात्तिक। भारतबाट भन्सार छलेर भित्राइएको लत्ताकपडा लगायतका सामग्री बरामद गरिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डा, रुपन्देहीबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–१, पिपलबोट क्षेत्रमा चेकजाँच गर्ने क्रममा भन्सार छलेर भित्राइएको लत्ताकपडा तथा किराना सामग्री बरामद गरेको हो।
Advertisement

Advertisement
Advertisement
सशस्त्र प्रहरीको मुख्यालयका अनुसार, बरामद गरिएका सामानको अनुमानित मूल्य ५ लाख ५० हजार रुपैयाँ रहेको छ। बरामद सामान आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।





