
भैरहवा, २० माघ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ५७ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाउने भएको छ । वि.स २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायतको नामबाट हालको नगरपालिका स्थापना भएको थियो ।
तत्कालीन ‘श्री ५ को सरकारद्वारा दश हजार सात जनसंख्या भएको क्षेत्रलाई २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायत’ नामले स्थापना गरेको विषय उक्त समयमा प्रकाशित राजपत्रमा उल्लेख छ ।
Advertisement

Advertisement
Advertisement

सिद्धार्थनगर नगरपलिकाका नगर प्रमुख इश्तियाक अहमद खाँका अनुसार स्थापना दिवसको अवसरमा कार्यालयले विभिन्न संघसंस्था, नगरबासीहरुको सहभागितामा नगरमा प्रभातफेरी, शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको हो।
सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरु आफ्नो पोशाक र ब्यानर सहित सहभागी हुने तर विद्यार्थीहरुलाई भने र्यालीमा सहभागी नगराउने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए । उनका अनुसार नगरभित्र रहेका अन्य सघंसंस्था र आम नगरवासिलाई र्याली तथा मुल समारोहमा सहभागिताका लागी आह्वान गरिएको छ।
कार्यक्रम माघ २२ गते बिहान १० बजे नगरपालिकाको कार्यालयबाट बैंकरोड, देवकोटा चोक हुँदै गणतान्त्रिकसभागृहमा पुगेर शुभकामना आदान प्रदानमा परिणत हुने स्थापना दिवस मुल समारोहका संयोजक एवं वडा नं २ का अध्यक्ष छेदीलाल श्रीवास्तवाले बताए।
स्थापनाको अवसरमा २१ र २२ गते साँझ दिप प्रजव्लन गर्ने र नगरवासीलाई समेत दिप प्रज्वलन गर्न आग्रह गरिएको उप प्रमुख उमा अधिकारीले जानकारी दिईन् ।
स्थापना दिवसको अवसरमा नगरपालिकाले आईतवार जनप्रतिनिधी, कर्मचारी र पत्रकार बीच मैत्रीपुर्ण क्रिकेट तथा महिला जनप्रतिनिधी र महिला कर्मचारी बिच मैत्रीपुर्ण फुटसल प्रतियोगीता आयोजना गरिएको खेल संयोजक एवं वडा नं. ६ का अध्यक्ष बिरेन्द्र श्रीवास्तवले जानकारी दिए ।

