Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    २०८३ कार्तिक ३, सोमबार १९:३९ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    अर्थ

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३८ गते0
    विशेष

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १८:३१ गते0
    फोकस लुम्बिनी

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १७:५२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » ‘रित्तो गाउँ’ ले जित्यो उत्कृष्ट राष्ट्रिय सर्ट फिल्म अवार्ड
    प्रमुख समाचार

    ‘रित्तो गाउँ’ ले जित्यो उत्कृष्ट राष्ट्रिय सर्ट फिल्म अवार्ड

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ माघ २१, सोमबार १३:५४ गते
    advertisement
    advertisement
    advertisement

    काठमाडौं, २१ माघ । निर्देशक रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ ले छैठौं नेपाल साँस्कृतिक अन्तर्राष्ट्रय फिल्म महोत्सवमा उत्कृष्ट राष्ट्रिय सर्ट फिल्म अवार्ड जित्न सफल भएको छ । अवार्ड समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी लगायतले ‘रित्तो गाउँ’ का निर्माता आनन्द शर्मा वाग्लेलाई अवार्ड तथा प्रमाणपत्रसहित सम्मान गरे ।

    प्रोजेक्टका निर्देशक ज्ञवाली कार्यव्यस्तताका कारण उपस्थित हुन नसके पनि उनले आफ्नो खुसी सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै दर्शक, टीम र सम्पूर्ण सहयोगीप्रति आभार प्रकट गरेका छन् । उनले लेखेका छन्,–‘यो खुसी तपाईंहरूसँग बाँड्न पाउँदा म अत्यन्त गौरवान्वित छु । यो अवार्डले सम्पूर्ण टीमलाई अझ बढी जिम्मेवार बनाएको छ ।’

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    फिल्म महोत्सवमा ४७ देशका फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री र विभिन्न विधाका चलचित्रहरु प्रदर्शन गरिएको थियो । विभिन्न विधामा उत्कृष्ट फिल्महरुलाई सम्मान गरिएको यस प्रतियोगितामा ‘रित्तो गाउँ’उत्कृष्ट राष्ट्रिय सर्ट फिल्मको विजेता घोषित भएको हो ।

    गत वर्ष निर्माण भएको ‘रित्तो गाउँ’ विभिन्न फेस्टिभल तथा च्यारिटी कार्यक्रममा प्रदर्शन भइरहेको छ । यसअघि पनि यसले केही अवार्ड जितिसकेको छ। नेपाली समाजमा युवा पलायनका कारण उत्पन्न समस्याहरुको कथा बोल्ने रित्तो गाउँको कथाका लागि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक उद्धव सिग्देलको नेतृत्वमा अनुसन्धान गरिएको थियो ।

    ‘रित्तो गाउँ’ का दर्शकहरुले अनाठो प्रस्तुतीकरण भनेका छन् । फिल्ममा डकुमेन्ट्रीको वास्तविकता र सर्ट फिल्मको कथात्मक शक्ति एकैठाउँ समेटिएको छ । यस्तो नयाँ शैलीले दर्शकलाई गहिरो प्रभाव पार्न सक्ने भएकाले नयाँ प्रयोग गरिएको निर्देशक ज्ञवालीले बताए । ‘रित्तो गाउँ’ मा आनन्द शर्मा वाग्ले, कुनाल कायल, प्रेम भुर्तेल र नारायण कंडेल निर्माता हुन् । चार्डर एकाउण्टेण्ट पेशामा आबद्ध उनीहरुको टीमले यस फिल्म तयार पार्न लगभग १ वर्ष समय खर्चिएका थिए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    रित्तो गाउँ सर्ट फिल्म
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    २०८३ कार्तिक ३, सोमबार १९:३९ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.