
भैरहवा, २२ माघ। उद्योग व्यापार संगठन (चेम्बर अफ कमर्स) रुपन्देही ले ‘चेम्बर क्रिकेट च्यालेन्ज २०८१’ को आयोजना गरेको छ । व्यवसायी र उद्योगीहरुबीच खेलकुदको माध्यमबाट भातृत्वको भावना विकास गर्ने उद्देश्यसहित ‘चेम्बर क्रिकेट च्यालेन्ज २०८१’ प्रतियोगिताको आयोजना गरिएको संगठनका अध्यक्ष दर्पण श्रेष्ठले जानकारी दिए ।
१९ औं वर्षको प्रवेश गरेको संगठनले विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउँदैछ । सोही अवसरमा क्रिकेट प्रतियोगिता पनि गर्न लागिएको हो ।
Advertisement

Advertisement
Advertisement

भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक धिरज मल्लिकले आगामी फागुन ३ गते सिद्धार्थ क्रिकेट रंगशाला प्रतियोगिताको आयोजना गरिएको बताए । उनका अनुसार प्रतियोगितामा ५ ओभरको हुने खेल हुनेछ भने ८ वटा उद्योग प्रतिष्ठानको सहभागीता गराइने छ । प्रत्येक टिममा ८ सदस्य रहेपनि ६ जना मात्र खेल्ने र २ जना अतिरिक्त खेलाडीको रुपमा रहने छन् ।
यस्तै स्थापना दिवसको अवसरमा संगठनले पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । संगठनका संस्थापक अध्यक्ष मनिष कुमार जोशी, पूर्व अध्यक्षहरु खिम बहादुर खत्री, नारायण नारायण प्रसाद भण्डारी र निवर्तमान अध्यक्ष अनिल ज्ञवालीलाइ सम्मान गरेको हो। त्यस्तै कार्यक्रममा संगठनका संस्थापक सदस्य मधुसुदन अर्याल र उषाकिरण गुरुङलाई पनि सम्मान गरिएको छ ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष मनिष कुमार जोशीले ६ जनाबाट सुरु गरिएको साना माझौला संगठन धेरै संघर्ष गरेर आजको अवस्थामा पुगेको बताए । उनले नयाँ सोचका साथ आवद्ध संगठनका सदस्यहरुलाई पुराना सदस्यहरुको सल्लाह र सुझाव लिएर अघि बढ्न आग्रह गरे ।
संगठनका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा तथा कार्यक्रम संयोजक मल्लिकको स्वागतमा सम्पन्न कार्यक्रममा पूर्वअध्यक्षहरु, पदाधिकारी तथा सदस्यको उपस्थिति थियो । कार्यक्रमको संचालन संगठनको महासचिव लक्ष्मी अधिकारीले गरेकी थिइन् ।

