
भैरहवा, २२ माघ । उद्योग व्यापार संगठन (चेम्बर अफ कमर्स), रुपन्देहीले १९ औं स्थापना दिवसको अवसरमा मंगलबार रक्तदान कार्यक्रम गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्तसंचार सेवा एकाई सिद्धार्थनगरको प्राविधिक सहयोगमा भएको कार्यक्रममा १५ यूनिट रगत संकलन भएको संगठनले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका एसपी आनन्द थापा मगरले रक्तदान परोपकारी काम भएको बताए । ‘रक्तदान जीवन दान हो, स्थापना दिवसको अवसरमा कार्यक्रम गर्नु महत्वपूर्ण कार्य हो’, उनले भने (‘संगठनले रचनात्मक कार्यहरु गर्दै आएको छ ।’
संगठनका अध्यक्ष दर्पण श्रेष्ठले रक्तदानको धेरै नै महत्व रहेको बताए । ‘विभिन्न संघ–संस्थाहरुले रक्तदान कार्यक्रम गर्दै आएका छन्’उनले भने–‘आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिदै जानेछौं ।’
कार्यक्रम संयोजक तथा संस्थाका कार्यसमिति सदस्य गोविन्द सापकोटा जैसीको स्वागत तथा महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

