
भैरहवा, २३ माघ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगर क्षेत्रमा मातहतका अव्यवस्थित पोलहरु व्यवस्थित गर्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय, भैरहवा (नेपाल टेलिकम) लाई पत्राचार गरेको छ।
बधुवार नगरप्रमुख (मेयर) इश्तियाक अहमद खाँले कार्यालयलाई पत्राचार गर्दै अव्यस्थित पोलहरु व्यस्थित गर्न आग्रह गरेका हुन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

पत्रमा भनिएको छ …‘मिलन चोक देखि पिपरहिया चौकीसम्म रहेको पोलहरु अव्यवस्थित भई दुर्घटना भइरहेको तथा हिड्डुल समेत गाह्रो एको तथा अन्य पोलहरुसमेत खियाको कारणले गर्दा कमजोर भई जुनसुकै समयमा पनि ढल्ने सम्भावना भएको हुँदा त्यस्ता अव्यवस्थित र कमजोर पोलहरु यथासिघ्र व्यवस्थित गरिदिनुहुन…।’

