


काठमाडौं,२४ माघ। काठमाडौंको कमलपोखरीस्थित शानदार मःमः पसलमा ग्यास ग्याँस सिलिण्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन्।
विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ। घटनास्थलमा नेपाल प्रहरीको टोली खटिएको छ। ग्यास लिक भएर सिलिण्डर विष्फोट भएको हुन सक्ने प्रहरीले बताएको छ।

प्रहरी र स्वास्थ्यकर्मीहरुले घाइतेहरुलाई सुरुमा नजिकै रहेको हिमाल अस्पतालमा पुर्याएका थिए । तर, पछि सबै घाइतेलाई कीर्तिपुरको बर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुमध्ये एक जनाको अवस्था गम्भीर छ भने अन्य १० जनाको अवस्था सामान्य छ ।

