
झाापा, २५ माघ। झापाको बिर्तामोडस्थित होटलमा एक युवा मृत फेला परेका छन् ।
सुनसरीको धरान–१५ घर भइ झापा बसोबास गर्दै आएकी एक युवती र हल्दीबारीका सागर बेस्रा बिर्तामोड–४ स्थित एभरेष्ट होटलमा बसेका थिए । उक्त होटलमा युवाको मृत्यु भएपछि युवती र होटल सञ्चालक यामकुमारी उप्रेतीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

प्रहरीका अनुसार राती खाना खाएर सुतेको समयमा बेस्रा कोठा भित्र बाथरुमको ढोकाको छेउ लडेर बेहोस भएपछि युवती र होटल सञ्चालकले उपचारका लागि अस्पताल पुर्याएका थिए ।
अस्पतालमा चिकित्सकले मृत घोषणा गरेपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको जनाएको छ ।

