
धनगढी,२५ माघ । कैलालीको गोदावरी नगरपालिका–११ गोठानमा बिहीबार साँझ आमा–छोरी मृत अवस्थामा फेला परेका छन् ।
बिहीबार राति २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी घरमै झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक कबिन्द्र सिंह बोहराले बताए ।
Advertisement

Advertisement
Advertisement

मृतकका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

