
भैरहवा, २६ माघ । रुपन्देही प्रहरीले कलबाइपास गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–८ नोडिहवाका २७ वर्षीया रोहित अहिर रहेको प्रहरीले जनाएको छ ।
सिद्धार्थनगर नगरपालिका–३, खजहनास्थित कोठा भाडामा लिएर कलबाइपासको कार्य भइरहेको प्राप्त सूचनाका आधारमा खानतलासी गर्दा विभिन्न उपकरणसहित अहिरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक यमलाल बञ्जाडे जनाए ।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार अहिरको साथबाट स्पोलिएर कम्पनीको हब ९ थान, इन्टल कोर आईफाइभ कम्पनी कप ४ थान, मोडेम १६७ थान, हबविथ एन्टम २ थान, नेपाल टेलिकमको सिमकार्ड १९० थान, एनसेलको सिमकार्ड २७० थान, एलसिडी मनिटर १ थान बरामद भएको छ ।
यस्तै मोबाइल ५ थान र ल्यापटप १ थान, वल्र्डलिंक राउटर, स्वीच, नेटवर्क भिडियो रेकर्डर र हब केबल्स लगायतका सामान बरामद भएको छ । कलवाइपास कसूरमा अहिरलाई जिल्ला अदालत रुपन्देहीबाट ७ म्याद थप लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

