
कैलाली, २९ माघ । प्रहरीको चितुवाको छालासहित युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटीको बोगटान गाउँपालिका-३ मेल्टाका २६ वर्षीय नरेश साउद रहेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोली गएराति धनगढी उपमहानगरपालिका ४ बसपार्कस्थित मिलनसार होटेलको कोठाबाट चितुवाको छालासहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

प्रहरीका अनुसार उनको साथबाट एक थान चितुवाको छाला बरामद भएको र उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।
कमेन्ट गर्नुस्

