
धनुषा, ३० माघ । धनुषामा कुटपिटबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार जनकनन्दनी गाउँपालिका-५ को ६५ वर्षीया समुन्द्रीदेबी मण्डलको हत्याको आरोपमा उनकै बुहारी ३५ वर्षीया रक्षा कुमारी मण्डललाई पक्राउ गरिएको छ । मंगलबार राति घरायसी विवादको क्रममा झगडा हुँदा बुहारीले सासुलाई कुटपिट गरेको आरोप छ।
Advertisement

Advertisement
Advertisement

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।
कमेन्ट गर्नुस्

