
भैरहवा, ३० माघ । पञ्चकन्या ग्रुपले बाथवेयरका सामग्रीहरु बजारमा ल्याएको छ। नेपाल बाथवेयर बजार लामो समयदेखि महँगो उत्पादन र सस्तो तर कम गुणस्तरको विकल्पमा रहेको भन्दै यसलाई अन्त्य गर्न आफू बजारमा प्रवेश गरेको कम्पनीले बताएको छ ।
पञ्चकन्या ग्रुपले लामो समयको अनुसन्धानपछि ग्राहक वर्गहरुको आवश्यकतालाई ध्यानमा राख्दै बाथवेयरका सामग्रीको बिक्री सुरु गरेको बताएको छ । जसमा गुणस्तर र किफायती धारा, सावर र अन्य बाथवयर सामग्रीहरु छन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

जर्मन प्रविधि र उत्कृष्ट डिजाईन सहित, पञ्चकन्या बाथवेयरले गुणस्तरीय, टिकाउ र सबैको पहुँचमा हुने बाथवेयर उत्पादनहरु उपलब्ध गराउने लक्ष्य राखेको छ । यसले नेपाली बजारमा उच्च गुणस्तरीय, नवीन र दिगो उत्पादनहरु पुर्याउने कम्पनीको प्रतिबद्धतामा यसले महत्वपूर्ण उपलब्धी हासिल गरेको छ ।
एक वर्षको विस्तृत बजार अनुसन्धानपछि विकास गरिएको पञ्चकन्या बाथवेयर उच्च गुणस्तरले बनाइएको छ र ब्रास बाट बनेको क्रोम फिनिस उत्पादनलाई सुनिश्चित गर्ने कम्पनीको दाबी छ।
पञ्चकन्या बाथवेयर अहिले नेपालभरी दश वटा वितरक मार्फत उपलब्ध छ र कम्पनीको लक्ष्य नेपाली आर्थिक वर्षको अन्त्यसम्म पूर्वदेखि पश्चिमसम्म एक सय वटा आउटलेटमा विस्तार गर्ने लक्ष्य रहेको जनाएको छ ।

