
काठमाडौं , १ फागुन । काठमाडौं प्रहरीले नागढुंगाबाट दुई जना भारतीय नागरिकलाई सुनसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराष्ट्र प्रदेशका २७ वर्षीय महेश अम्रृत मानी र सोही स्थानका २४ वर्षीय राहुल खडु सरकला रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट ३१८ ग्राम सुन बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहोराले बताए ।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार काँकडभिट्टाबाट बा. प्र.०१–००२ ख ०५४२ नम्बरको यात्रुबहाक बसमा आउँदै गर्दा नागढुंगाबाट उनीहरुलाई सुनसहित पक्राउ गरिएको हो ।
कमेन्ट गर्नुस्

