


भैरहवा, २ फागुन । रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा तोडफोड भएको छ ।
रोहिणी गाउँपालिका–३ लक्ष्मीनगरस्थित अध्यक्ष यादवको निवासमा पार्किङमा राखिएको लु १ झ ३९५ नम्बरको सरकारी गाडीमा गएराति तोडफोड भएको हो ।

पालिका अध्यक्ष यादवका अनुसार तोडफोडले गाडीको अगाडिको सिसा चर्किएको छ भने दायाँ साइडको सिसा फुटेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुस्

