
बागलुङ, ४ फागुन । बागलुङको निसीखोला गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु गएको छ।
प्रहरीका अनुसार रुकुम पूर्वबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको ग१क ६१८९ नम्बरको टिपर निसीखोला गाउँपालिका ६ लामिडाँडा स्थित सडकबाट करिब २०० मिटर तल खस्दा दुर्घटना भएको हो।
Advertisement

Advertisement
Advertisement

दुर्घटनामा गुल्मीको इस्मा गाउँपालिका ३ का ४७ वर्षीय चालक कृष्ण कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्माले जानकारी दिए। टिपर सडकबाट करिब २०० मिटर तल खसेको छ।
कमेन्ट गर्नुस्

