


ताप्लेजुङ, ४ फागुन । पाथीभारा क्षेत्रमा हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरामा गएराति हिमपातसँगै चिसो बढेको छ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बर्सेनी हिउँ परेपछि पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गरेको बताए।

यो वर्ष हिउँदमा पर्याप्त वर्षा नहुँदा बालीनाली भने फस्टाउन सकेको छैन । वर्षा नहुँदा हिउँदे बालीनाली गहुँ, जौ, आलुलगायत बालीनाली फष्टाउन नसकेको स्थानीय बताउँछन्।
कमेन्ट गर्नुस्

