
भैरहवा, ४ फागुन । नेपाल प्रहरीका १४ जना प्रहरी नायब उपरीक्षक(डीएसपी)हरुको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले गरेको सरुवा सूची अनुसार रुपन्देहीको आर्कषक इलाका प्रहरी कार्यालय बुटवलमा इन्द्रबहादुर रानालाई पठाइएको छ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय रसुवाको प्रमुखमा डीएसपी हेमबहादुर शाही, लाई सरुवा गरिएको छ भने रसुवामा रहेका डीएसपी केशव भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याएर राखिएको छ ।
Advertisement

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय चितवन डीएसपी रवीन्द्र खनाललाई पठाइएको छ भने मीन बहादुर लामालाई प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा सरुवा गरिएको छ ।
त्यस्तै डीएसपी जेशी साहलार्ई कारागार सुरक्षा कार्यालय सुन्धारा, जीवन निरौललाई जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी, निरन्जन थापालाई प्रहरी वृत महाराजगञ्ज, कृष्ण चन्दलाई प्रहरी वृत्त जनसेवाको जिम्मेवारी दिइएको छ ।
यस्तै खगेन्द्रबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय झापा, विकास थापालाई इलाका प्रहरी कार्यालय गजुरी धादिङ, राजन लाामालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टा, ज्ञानकुमार महतोलाई जिल्ला प्रहरी कार्यालय दोलखाको प्रमुख बनाइएको छ भने बुटवलका डीएसपी विजयराज पण्डितलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा लगेर राखिएको छ ।

