
भैरहवा, ५ फागुन । भारतको प्रयागराजमा आयोजित महाकुम्भबाट फर्किदै गर्दा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।
युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी भारतको आजमगढ स्थित डिभाडरमा ठोक्किएर अनियन्त्रित भै नेपाली नागरिक सवार गाडी दुर्घटना भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

दुर्घटनामा रुपन्देहीको देवदह नगरपालिका-९ का ४० वर्षीया गंगा शर्मा, ४५ वर्षीय गणेश खनाल र ३५ वर्षीय दिपा खनालको मृत्यु भएको रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए। गणेश र दिपा श्रीमान श्रीमती हुन्।
त्यस्तै दुर्घटनामा देवदह नगरपालिका-९ भलुहीका घाइते ४५ वर्षीया कोपिला पोखरेल, १६ वर्षीय सुभम पोखरेल, ३० वर्षीय आविष्कार पराजुली, ३५ वर्षीय देवकला मगर घाइते भएको इलाक प्रहरी कार्यालय बेलहियाले जनाएको छ।
घाइतेहरुको आजमगढको स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि गोरखपुर जिल्ला अस्पतालमा रेफर गरिएको बताईएको छ।

