
भैरहवा, ८ फागुन । रुपन्देहीको सियारी गाउँपालिका–२ भगदरीमा महिलाको शव फेला परेको छ । सडकको किनार खेतमा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं प्रवक्ता सुरज कार्कीले बताए ।
‘महिलाको शव फेला परेको हो । पहिचान खुलेको छैन’, उनले क्लिक लुम्बिनीसँग भने, ‘घटनास्थलबाट मोबाइल बरामद भएको छ । हामी अनुसन्धान गर्दैछौँ ।’
Advertisement

Advertisement
Advertisement

अनुसन्धानका लागि घटनास्थलमा तालिम प्राप्त कुकुर परिचालन गरिएको उनले जनाए ।
कमेन्ट गर्नुस्

