
भैरहवा, ९ फागुन । लोकतन्त्र विद्यार्थी संघ रुपन्देहीले भारत ओडिसा राज्यको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयलाई रुपन्देहीमा तत्काल प्रतिबन्ध लगाउन माग गरेको छ ।
संघले भारत ओडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटीको छात्रावासमा भैरहवाकी प्रकृति लम्सालको शंकास्पद मृत्युको घटना सम्बन्धमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई बासुदेव घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै उक्त विश्वविद्यालयमा विद्याथीहरु पठाउने कन्सलटेन्सी लगायतलाई विद्यार्थीहरुको विवरणसहित तत्काल बोलाएर विद्यार्थीहरुको अवस्थाको बारेमा जानकारी लिन आग्रह गरेको छ । साथै, उक्त विश्वविद्यालयलाई रुपन्देहीमा कुनै पनि प्रकारको क्रियाकलाप हुन दिने समेत माग गरिएको छ ।
Advertisement

Advertisement
Advertisement

अड्विक श्रीवास्तव नामक युवकले आफूलाई चरम यातना तथा मानसिक दवाब दिएको कुरा पटक पटक लिखित रुपमै क्याम्पस प्रशासनलाई जानकारी गराउउँदा पनि प्रशासनबाट कुनै पनि पहल नहुनु तथा घटना घटिसके पश्चात् उनका साथीहरु तथा नेपाली विधार्थीलाई तत्काल शव हेर्न नदिई एकपक्षीय ढंगले मृत घोषणा गर्नुले घटना रहस्यमय रहेको पुष्टि गरेको ज्ञापन पत्रमा उल्लेख छ ।
‘एउटा विधार्थीलाई चरम यातना दिई मृत हुने अवस्था सम्म पुर्याउने उक्त युवकलाई कानून बमोजिम हदै सम्मको कारबाही गरी उनका परिवार लाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गर्दर्छौ’, संघका केन्द्रिय सचिव जैनुद्दिन देवान, जिल्ला संयोजक अमन बनिया र भैरहवा बहुमुखी क्याम्पस ईकाइ समितिका अध्यक्ष ओक्कार युनुसद्धारा दस्तखत गरिएको ज्ञापन पत्रमा भनिएको छ–‘विधार्थीलाई अपमान जनक टिकाटिप्पणी कुटपिट समेत गरिएको उक्त विश्वविधालयका प्रशासनका कर्मचारीलाईकारबाही भएता पनि विश्वविधालयले गरेको राष्ट्र उपर अपमानजनक टिकाटिप्पणी गरेकोले विश्वविधालयलाई रुपन्देही जिल्लामा तत्काल प्रतिबन्ध गर्नुपर्दछ ।’

