
भैरहवा, ९ फागुन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाली भएर बाँच्न आधार दिन आग्रह गरेका छन्। शुक्रवार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बाँच्ने आधार दिन आग्रह गरेका हुन्।
उनले आफूलाई मेयर भनेर बिर्सिएर नेपाली भएर बाँच्ने आधार प्रधानमन्त्रीसँग खोजेका हुन्। उनले लेखेका छन्–‘प्यारो प्रधानमन्त्री ज्यु, अमेरिकाले corrupt भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो, चिनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस, नेपाली भएर बाच्ने आधार त दिनुस ।’
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

केही दिनअघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिएको सहयोगलाई ‘फ्रड’को संज्ञा दिँदै नेपालको संघीयताको सुदृढीकरणका लागि छुट्याएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलर रोकिएको जानकारी गराएका थिए।

