Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    २०८३ कार्तिक ३, सोमबार १९:३९ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    अर्थ

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३८ गते0
    विशेष

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १८:३१ गते0
    फोकस लुम्बिनी

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १७:५२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » प्रकृति बहिनीलाई न्याय दे भन्दै भैरहवामा विद्यार्थीहरुले निकाले मसाल जुलुस
    राजनीति

    प्रकृति बहिनीलाई न्याय दे भन्दै भैरहवामा विद्यार्थीहरुले निकाले मसाल जुलुस

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ फाल्गुन ९, शुक्रबार २३:२३ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ९ फागुन । भारतको ओडिसा राज्यस्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्यनरत भैरहवाकी प्रकृति लम्सालको शंकास्पद मृत्युको घटनालाई लिएर विद्यार्थी संगठनहरुले भैरहवामा मसाल जुलुस निकालेका छन् । साथै, मृतक लम्सालको सम्झनामा दीप प्रज्वलन समेत गरेका छन् ।

    प्रकृति बहिनीलाई न्याय दे, विद्यार्थीप्रतिको अन्याय सहदैनौं, केआईआईटीलाई प्रतिबन्ध गर लगायातका नाराबाजी गर्दै निकालिएको मसाल जुलुस भैरहवाको देवकोटा चोकमा पुगेर सभामा परिणत गरिएको थियो ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    सभालाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघ रुपन्देहीका सभापति सन्दिप पाण्डेले घटनाप्रति दुःख व्यक्त गर्दै केआईआईटी विश्वविद्यालयमा विद्यार्थी पठाउने रुपन्देहीका कन्सलटेन्सीको छानबिन गर्ने र यदि केआईआईटी विश्वविद्यालयमा विद्यार्थी पठाएको पाइए उक्त कन्सलटेन्सीहरुलाई निषेध गरिने बताए । साथै, कन्सलटेन्सीहरुले केआईआईटीमा विद्यार्थी पठाउन नरोके उक्त कन्सलटेन्सीहरुमा तालाबन्दी गरिने चेतावनी दिए।

    नेपाल विद्यार्थी संघको भैरहवा बहुमुखी क्याम्पस ईकाइ समितिका सभापति नवराज अर्यालले मृतक लम्सालले न्याय नपाएसम्म आन्दोलन जारी राख्ने बताए । मसाल आगोको सानो संकेत मात्र रहेको भन्दै उनले न्याय नपाए जिल्लाभर आन्दोलन गर्ने चेतावनी दिए ।

    लोकतान्त्रिक विद्यार्थी संघका केन्द्रिय सचिव जैनुद्दिन देवानले केआईआईटी विश्वविद्यालयलाई रुपन्देहीमा जिल्ला प्रतिबन्ध लगाउन माग गरे । अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन (क्रान्तिकारी)को भैरहवा बहुमुखी क्याम्पस ईकाइ समितिका अध्यक्ष मनिष ढकालले घटनाको निश्पक्ष छानबिन गरेर दोषीमाथी कडा कारवाही हुनुपर्ने माग गरे ।

    विद्यार्थीद्धारा निकालिएको मसाल जुलुस रोक्नका लागि प्रहरीले हस्तक्षेप गरेको थियो । कार्यक्रममा नेपाल विद्यार्थी संघ रुपन्देहीका कोषाध्यक्ष रोशन थापा, संघको सिद्धार्थनगर उपसभापति विराट गुरुङ, संघको रुपन्देही क्याम्पस ईकाइ समितिका सभापति विधान भुर्तेल, संघको भैरहवा बहुमुखी क्याम्पस ईकाइ समितिका सचिव उमर बादशाह, लोकतान्त्रिक विद्यार्थी संघका रुपन्देही संयोजक अमन बनिया, अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन (क्रान्तिकारी)को भैरहवा बहुमुखी क्याम्पस ईकाइ समितिका सचिव अंकित पौडेल लगायतका विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन (क्रान्तिकारी) ओडिसा केआईआईटी नेपाल विद्यार्थी संघ भैरहवा भैरहवा बहुमुखी क्याम्पस मसाल जुलुस लोकतान्त्रिक विद्यार्थी संघ
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    २०८३ कार्तिक ३, सोमबार १९:३९ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.