
भैरहवा, ९ फागुन। नेपाल प्रहरी प्रधान कार्यालयले आफुखुशी कार्यालयमा गैरहाजिर रहेको प्रहरीहलाई सम्पर्कमा आउन ताकेता गरेको छ ।
प्रहरीको विभिन्न कार्यालयमा कार्यरत दश जना कर्मचारी सम्पर्कबिहीन रहेको छन् । जसमध्ये एक जना सहायक हवल्दार, सात जना जवान र एक जना कार्यालय सहयोगी छन् ।
Advertisement

Advertisement
Advertisement

यी दश जना प्रहरीहरु गत मंसिर २८ गते देखि माघ २ गते समयावधीको बीचमा सम्पर्कबिहीन भएका हुन् । जसमध्ये सबैभन्दा धेरै पुस महिनामा सम्पर्कबिहीन भएका छन् ।
कार्यालयमा गैर हाजिर रहेको र प्रक्रिया बमोजिम खोजतलास गर्दा समेत कार्यालयको सम्पर्कमा नआएकोले सात दिन भित्र स्पष्टीकरण सहित कार्यालयमा उपस्थित हुन सम्पर्कबिहीन भएका प्रहरी कर्मचारीहरुलाई सूचित गरिएको छ ।
साथै, उक्त अवधीभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने कारवाही हुने आइतबार प्रहरी प्रधान कार्यालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना :


