
भैरहवा, १२ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँ बङ्गलादेश प्रस्थान गरेका छन् ।
बङ्गलादेशको राजधानी ढाकामा फ्रेबअरी २५ र २६ तारिखमा हुने स्वास्थ्य तथा सरसफाई सम्बन्धी अन्तरदेशीय सम्मेलनमा सहभागी हुन उनी सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको नगर प्रमुख खाँका स्वकीय सचिव ईन्जिनियर बरकत बादशाह शेषले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

यो सम्मेलनले उद्योग र शिक्षाविद्, नीति निर्माताहरु, विकास साझेदारहरु र अनुसन्धानकर्ताहरुसँग सहकार्य गरी ज्ञान आदानप्रदान गर्ने र वास्तविक प्रगतिलाई व्यवहारमा लागु गर्ने उद्देश्य लिएको छ। सरसफाई क्षेत्रमा मुख्य सत्रहरु, प्यानल छलफल, प्रदर्शनी र नेटवर्किङ मार्फत अवसरहरु विश्वव्यापी सरसफाई चुनौतीहरुको सामना गर्ने र नवीनतालाई प्रेरित गर्ने सम्मेलनको लक्ष्य छ ।
दुईदिने सम्मेलनमा ‘सफाईको भविष्य’ विश्वव्यापी सरसफाई आवश्यकताहरु पूरा गर्न अग्रगामी सोच तथा समाधानहरु लगायतका विषयमा छलफल हुने बताइएको छ।

