Close Menu
    What's Hot

    रोटरी क्लबले मर्चवारमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    २०८३ कार्तिक १८, मंगलवार २१:४० गते

    मर्चवारमा पालिकाको निर्देशनः मिठाईमा मूल्यदेखि उपभोग्य मितिसम्मको विवरण राख्नू

    २०८३ कार्तिक १८, मंगलवार १३:४४ गते

    लुम्बिनीमा आँखा स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै उपचारको पहुँच विस्तार गरिने

    २०८३ कार्तिक १८, मंगलवार १३:०७ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    रोटरी क्लबले मर्चवारमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १८, मंगलवार २१:४० गते0
    अर्थ

    मर्चवारमा पालिकाको निर्देशनः मिठाईमा मूल्यदेखि उपभोग्य मितिसम्मको विवरण राख्नू

    क्लिक लुम्बिनी२०८३ कार्तिक १८, मंगलवार १३:४४ गते0
    फोकस लुम्बिनी

    लुम्बिनीमा आँखा स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै उपचारको पहुँच विस्तार गरिने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १८, मंगलवार १३:०७ गते0
    विशेष

    सीमा सुरक्षा र अपराध नियन्त्रणमा सहकार्य बढाउने सहमती

    क्लिक लुम्बिनी२०८३ कार्तिक १८, मंगलवार १२:४७ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोट : रुपन्देही च्याम्पियन
    खेलकुद

    प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोट : रुपन्देही च्याम्पियन

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ फाल्गुन १२, सोमबार २३:१८ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १२ फागुन। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट खेलमा रुपन्देही च्याम्पियन बनेको छ । आइतबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा सम्पन्न फाइनल खेलमा दाङलाई ९३ रनले पराजित गर्दै रुपन्देही छनोट खेलको च्याम्पियन बनेको हो । विजेता र उपविजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

    टस हारेर ब्याटिङको निम्तो पाएको रुपन्देहीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १ रन बनायो । उसका लागि प्रज्वल थापाले शतकीय पारी खेले । उनले १ सय १ रन जोडे । यस्तै, मनिष थापाले २४, मिर्नाल गुरुङले २२, एजाजुल हकले १८ र विप्रशन केसीले १२ रन बनाए । बलिङमा दाङका दिनेश बोहरा र मोहन खत्रीले ३–३ तथा बीरबहादुर घर्तीमगर र तुलबहादुर थापाले १–१ विकेट लिए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    जवाफी ब्याटिङ गरेको दाङ ३२ ओभर ५ बलमा १ सय ८ रन बनाउँदा अलआउट भयो । उसका लागि मनोज पुनले २२, सुशान्तसिंह थापाले १८, मोहन खत्रीले १७ र तुलबहादुर थापाले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिमले हार ब्यहोर्याे । बलिङमा रुपन्देहीका सन्देश थापा र रमेश कुर्मीले ३–३, अजय चौहानले २ तथा कृष्ण कार्की र विप्रशन केसीले १–१ विकेट लिए । खेलमा रुपन्देहीका प्रज्वल थापा प्यलेर अफ द फाइनल घोषित भए ।

    विजेता र उपविजेता टिमलाई सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारी, प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङ, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रदीप मजगैया, संघका उपाध्यक्ष विनयराज भण्डारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, संस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरी, नेपाल साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड भैरहवाका प्रमुख हरिचन्द्र श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरे ।

    आगामी फागुन २५ देखि भैरहवाको सिद्धार्थ रंगशाला, तिलोत्तमाको एक्स्ट्राटेक र लमही राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोटका लागि जिल्ला स्तरको छनोट खेल सम्पन्न भएको हो । खेलाडीको प्रदर्शन हेरेर छनोट समितिले केही दिनमै लुम्बिनी प्रदेशको एउटा टिम छनोट गर्ने प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङले बताए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    क्रिकेट प्रधानमन्त्री कप भैरहवा सिद्धार्थ क्रिकेट रंगशाला सिद्धार्थनगर नगरपालिका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    रोटरी क्लबले मर्चवारमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    २०८३ कार्तिक १८, मंगलवार २१:४० गते

    मर्चवारमा पालिकाको निर्देशनः मिठाईमा मूल्यदेखि उपभोग्य मितिसम्मको विवरण राख्नू

    २०८३ कार्तिक १८, मंगलवार १३:४४ गते

    लुम्बिनीमा आँखा स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै उपचारको पहुँच विस्तार गरिने

    २०८३ कार्तिक १८, मंगलवार १३:०७ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.