


भैरहवा, १५ फागुन। प्रहरीले तिलोत्तमा नगरपालिकाका दुई जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका १५ मधवलियाका रोहित भन्ने सर्वजित चौधरी र मनोज चौधरी रहेको प्रहरीले जनाएको छ।
लागुऔषध अन्य मुद्दामा अदालतबाट दोषी ठहर भएका उनीहरुलाई रुपन्देहीको इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले जनाए।

उनका अनुसार पक्राउ परेका सर्वजितलाई २५ दिन कैद र ४५० रुपैयाँ जरिवाना सजाए र मनोजलाई २ महिना कैद सजाएको फैसला भएको थियो।
पक्राउ परेका दुई युवाहरुलाई जिल्ला अदालत रुपन्देही पेश गरिएको र त्यहाँबाट सजाए भुक्तानका लागि कारगार चलान गरिएको प्रहरीले जनाएको छ ।

