


काठमाडौं,१५फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालले समाजको खुसी खोसिरहेको बताएका छन् ।प्रविधिको दुरुपयोगले सामाजिक अपराधहरु बढ्दै गइरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले भने,‘मानिसहरु क्षणिक रुपमा खुसी भए पनि सामाजिक सञ्जालले समाजको खुसी खोसिरहेको छ।’
काठमाडौंमा आजदेखि सुरु भएको डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले प्रविधि राज्य र समाजका लागी चुनौती भएको भन्दै प्रविधिको सहायतामा सञ्चालित सामाजिक सञ्जालहरु सभ्य समाज र राज्यका लागि अवरोध भएर आएको बताए। उनले समाजको खुसीका लागि पनि सामाजिक सञ्जालहरु बाधा बनिरहेका बताए।

डिटिजल युगमा अपराधीहरुले यसको सहायताबाट अपराध गर्न उद्दत भइरहेको उनले बताए। भलाइ र मानवीय सुखका लागि प्रविधिको प्रयोग हुनुपर्ने भए पनि यसबाट अनुचित लाभ लिन खोज्ने र अपराध गर्नेहरु पनि रहेको उनको भनाइ छ।

