


भैरहवा, १७ फागुन । रुपन्देहीको मायादेवी गाउँपालिकामा एक युवाको हत्या गरिएको छ। जिल्ला मायादेवी गाउँपालिका-२ डन्टहवाका २९ वर्षीय राकेश सिंह लोधको हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए।
मायादेवी गाउँपालिका-२ का वडाअध्यक्ष अग्नु यादवले लोधको गोली प्रहार गरेर हत्या गरिएको देखिएको बताए। ‘शरिर पुरै रगतले लतपतिएको छ’, उनले भने, ‘प्रहरीले यहाँ घटनास्थलमा आफ्नो प्रक्रिया पुरा गरिररहेका छन्।’

‘घरको बरण्डामा लोध मृत अवस्थामा भेटिएका छन्’ रुपन्देहीका एसपी राठौरले भने, ‘गोली हानेर हत्या गरिएको हो वा कसरी हत्या भएको हो ? अहिले नै केही भन्न सकिन्न । पोष्टमार्टम पछि विषय खुल्नेछ।’
उनका अनुसार घरमा घरायसी विवाद रहेको र घटनापछि मृतकको दाजु फरार रहेकोले उनको खोजी भईरहेको छ।

