
धनगढी, १८ फागुन। कैलालीको एक सामुदायिक जंगलमा दुई जना युवाको शव भेटिएको छ।
धनगढी उपमहानगरपालिका–९ स्थित सालघारी सामुदायिक जंगलमा धनगढी उपमहानरपालिका–१० का ३० वर्षीय देवल चौधरी र सोही स्थानका ३२ वर्षीय कैदा रानाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता कविन्द्र सिंह बोहोराले बताए ।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार चौधरीको शव जामुनको रुखमा झुडिएको अवस्थामा र रानाको शव रुख भन्दा २० मिटर टाढा भुईँमा फेला परेको हो। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कमेन्ट गर्नुस्

